राजनीति

सूजाता एकाएक देखिईन सकृय, आगामी महाधिवेशनमा सभापतिमा उमेर्द्वारी दिने दिईन संकेत

काठमाण्डौ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सूजाता कोईरालाले एक दर्जन नेताहरुबीचमा लञ्च बैठक नामक भेलामा पूर्ब महामन्त्री कृष्ण प्रसाद सिटौला, अर्जुन नरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी, युवा नेताहरु धनराज गुरुगं, चन्द्र भण्डारी, गगन कुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, जिवन परियार, कमला पन्त, किरण यादब रहेका थिए ।
डा. शेखर र शसाँकको उपस्थििति नरहेको मंगलबारको लञ्च बैठकमा आफ्नो राजनीतिक भागबण्डा नरहेको पूर्ब उपप्रधानमन्त्री सूजाता कोईरालाको तर्क छ । यसभन्दा अगाडी पनि सूजाता कोईरालाले आफ्नो काठ्माण्डौको मण्डिखाटारस्थित निवासमा लञ्च बैठक राखेपनि पूर्ब महामन्त्री कृष्ण प्रसाद सिटौलाको उपस्थिति रहेको थिएन । आउदै गरेको नेपाली काँग्रेसको १४ औं महासधवेशनलाई लक्षित गरि नेताहरुले आफ्नो पक्षमा माहौल बनाउने अभियान अनुरुप नेतृ कोईरालाले समेत उक्त अभिभयान चलाएको हुन सक्छ, यानिकी नेपाली काँग्रेसका शक्तीसाली प्रधानमन्त्री तथा पार्टी सभापति स्व गिरिजा प्रसाद कोईरालाकी सुपुत्री समेत रहेकी नेतृ कोईरालाले उक्त अभियान नचलाएको दाबी गरेकी छन् ।
कोईराला परिवारका तीन शक्तीसाली सदस्यको भेटमा आफू पदिय प्रतिष्पर्धामा नरहेको बरु डा. शेखर वा शसाँकलाई सघाउन तयार रहेको बताईसकेकी छन् । नेतृ कोईरालाले जे भनेपनि उनी महाधिवेशनमा कुन पदमा उमेर्द्वारी दिने भन्ने बिषयमा पर्ख र हेरको अवस्थामा रहेको आजको लञ्च मिटिगंले देखाउछ भन्दा अत्युक्ती नहोला ।
डा. शेखर कोईराला र शसाँक कोईरालाले सभापतिको दाबी खुलेआम गरेपनि अघिल्लो महाधिवेशनले पाठ सिकाएका कारण खुलस्त नपारेपनि आफूपनि सभापतिको लागि मैदानमा भएको संकेत समेत आजको बैठकले गरेको छ ।

बैठकमा नेताहरु