पत्रपत्रिका

अर्को पेट्राेलियम पाइपलाइन परियोजना ‘झापा–सिलगुडी’

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थ ल्याउन मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणले तीव्रता पाइरहेका बेला नेपाल आयल निगमले अर्को पाइपलाइन परियोजनाको प्रस्ताव गरेको छ।

अहिले निर्माणाधीन पाइपलाइनले मुलुकमा खपत हुने पेट्रोलियम पदार्थको पूरै माग धान्न नसक्ने भएपछि निगमले प्रदेश नं। १लाई लक्ष्य गरेर अर्को पाइपलाइन परियोजना निर्माण गर्ने तयारी गरेको छ।

भारतको सिलगुडीबाट झापासम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्न इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग छलफल सुरु भएको नेपाल आयाल निगमले जनाएको छ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार प्रारम्भिक अध्ययननमा सिलगुडीदेखि झापासम्म पाइपलाइन निर्माण गर्न उपयुक्त देखिएको खबर अाजकाे नागरिक दैनिकमा छ ।