हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–४ स्थित कर्रामा तेल बोक्ने ट्याङ्करले ठक्कर दिँदा एकजनाले मृत्यु भएको छ।
सोमबार साँझ करिब ८ बजेको समयमा ट्याङकरले ठक्कर दिँदा मुगु स्थायी घर भई हाल सोही स्थान बस्दैआएका २० वर्षीय सुरेन्द्र परियारले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ना.२ ख ४८४६ को ट्याङकरले ठक्कर दिएपछि पैदलयात्रु परियारको घटनास्थलमै मृत्यु भएको थियो। बाराबाट हेटौंडातर्फ आउँदै गरेको ट्याङकरले उनलाई ठक्कर दिएको थियो ।
ट्याङकर र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।