बाग्मती

ट्याङ्करकाे ठक्करबाट एकको मृत्यु

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत  हेटौंडा–४ स्थित कर्रामा तेल बोक्ने ट्याङ्करले ठक्कर दिँदा एकजनाले मृत्यु भएको छ।

सोमबार साँझ करिब ८ बजेको समयमा ट्याङकरले ठक्कर दिँदा मुगु स्थायी घर भई हाल सोही स्थान बस्दैआएका २० वर्षीय सुरेन्द्र परियारले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ना.२ ख ४८४६ को ट्याङकरले ठक्कर दिएपछि पैदलयात्रु परियारको घटनास्थलमै मृत्यु भएको थियो। बाराबाट हेटौंडातर्फ आउँदै गरेको ट्याङकरले उनलाई ठक्कर दिएको  थियो ।

ट्याङकर र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।