सामाजिक सञ्जाल

भ्रष्टाचार बिरुद्धका अभियान्ता तथा काँग्रेस युवा नेता गुरुगंले ओलीलाई दिए झड्का

काठमाण्डौ  । भ्रष्टाचार बिरुद्धका अभियान्ता समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले विकास कसरी गर्नुपर्छ सरकारलाई थाहा छः प्रधानमन्त्री ओली भन्ने समाचारको हेडलाईनलाई ब्यंग्य गर्दै प्रधानमन्त्री ओलीसंग बिच्किएका छन् । प्रधानमन्त्रीका तस्विरहरु सडकका बिजुलीका पोल र हिमाली जनताले तुईनबाट दुःख पाएको बिषय जोड्दै नेता गुरुगं प्रधानमन्त्री ज्यु, तपाईंको उक्त भनाइलाई पुष्टि गर्नकै लागि शहरका पोलहरुमा तपाईंको फोटो झुण्याइ सक्नु भएछ भन्छन् ।

गलत कुराहरुको बिषयमा काँग्रेसको दह्रो युवा खम्बाको रुपमा प्रश्तुती हुने नेता गुरुगं तुइन भएका ठाउँहरुमा पनि दुई छेउमा तपाईंको उक्त फोटो राख्न लगाउनु पर्यो, तुइन तर्ने जनताले तुइन तरिसके पछि हजुरको फोटोमा फूल चढाओस् भन्दै आफ्नो फेसबुकमा नेकपा अध्यक्ष समेत रहेका केपी आलीको गफ र काममा तालमेल नमिलेको आशयमा ब्यंग्य गरेका छन् ।

जस्ताको तस्तै-:विकास कसरी गर्नुपर्छ सरकारलाई थाहा छः प्र.म.ओली प्र.म.ज्यु, तपाईंको उक्त भनाइलाई पुष्टि गर्नकै लागि शहरका पोलहरुमा तपाईंको फोटो झुण्याइ सक्नु भएछ। तुइन भएका ठाउँहरुमा पनि दुई छेउमा तपाईंको उक्त फोटो राख्न लगाउनु पर्यो। तुइन तर्ने जनताले तुइन तरिसके पछि हजुरको फोटोमा फूल चढाओस्।