गण्डकी प्रदेश

विषादी खाँदा बालकको मृत्यु

तनहुँ । असुरक्षित तरिकाले विषादी घरमा राख्दा लमजुङमा एक दम्पतीले अकालमा २१ महीनाको बालक गुमाउएका छन् । मृत्यु हुनेमा क्होलासोथार गाउँपालिका– ९ स्थित साल्मे निवासी किसान विकका छोरा पशुपति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार पशुपतिका बाबु पक्षाघातले ग्रसित भई सुतिरहेका र आमा शान्ति काममा गएका बेला बालकले उक्त विषादीको पोका खाँदा बेहोस भई उपचारका लागि नजीकैको स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दमौली अस्पतालमा आज शवपरीक्षण गरी आफन्तजनलाई बुझाइएको प्रहरीले जनाएको छ ।