प्रदेश 2

सिके राउतसँग सम्बन्धित तीन स्थानीयवासी पक्राउ

सप्तरी । राजविराजमा प्रदर्शनको तयारी गरिरहेका सिके राउतसँग सम्बन्धित तीन स्थानीय व्यक्ति आज अपराह्न पक्राउ परेका छन् । पूर्वसांसद महेशप्रसाद यादवसहित तीन जना पक्राउ परेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । रिमालका अनुसार यादवसँगै राजविराज –७ का नारायण यादव र विष्णुपुर गाउँपालिका –१ का महेश यादव पनि पक्राउ परेका छन् । उनीहरुलाई स्थानीय शिव मन्दिरको प्राङ्गणमा प्रदर्शनको तयारी गरिरहेका बेला नियन्त्रणमा लिइएको प्रनाउ रिमालले बताउनु भयो । राउतको संस्थाका प्रचारप्रसार विभाग प्रमुख किसनले शान्तिपूर्ण प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरी तीन जनालाई पक्राउ गरेको आरोप लगाएका छन् ।