आर्थिक

सिभिल बैंकले विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरी आठौं वार्षिकोत्सव मनायो

काठमाडौँ । सिभिल बैंकले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम, रक्तदानकार्यक्रमहरुतथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथाआर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।

वार्षिकोत्सवको दिन विहान पशुपति क्षेत्रको चक्रपथसंगै जोडीएकोे पार्किङ क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सभापतित्व बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि पशुपति क्षेत्र बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, पशुपति क्षेत्र बिकास कोषका पदाधिकारीहरु, बैंकका कर्मचारी लगायत पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यावरण र साँस्कृतिक सम्पदाको संरक्षण एवं संवद्र्धन प्राथमिकतामा रहेको उल्लेख गर्दै सोही नीति अनुरुप आजको बृक्षारोपण कार्यक्रमको आयोजना गरी बैंकले ३०० वटा बृक्षारोपण गरेको र उक्त विरुवालाई ५ वर्षसम्म मल जल र संरक्षण गरी हुर्काउने सम्मको सम्पूर्ण जिम्मेवारी वहनगर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

उक्त कार्यक्रममा पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक रमेश कुमार उप्रेतीले सिभिल बैंकले बृक्षारोपण मात्रनगरी रुखहरुलाई ५ वर्ष सम्म हुर्काई आपैm सक्षम भएपछि मात्र हस्तान्तरण गर्ने काम एकदमै सराहणीय रहेको बताए ।

बैंकले पाशुपत क्षेत्र जस्तो देवभुमिमा बृक्षारोपण जस्तो पावन कार्य गर्न पाउँदा खुशी लागेको कुरा बैंकका अध्यक्ष इच्छा राजता माङ्गले बताएका थिए ।

बैंकले आफ्नो आठौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रधान कार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो साथै वार्षिकोत्सवको महिनामा देशका ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम पनि रहेको बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा (एनएफआरयस अनुसार) रु अठार करोड पचास लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुलशाखा संख्या ७० रहेको छ ।