आर्थिक

एनआईसीको नयाँ शाखा खाँडिचौर र पाँचखालमा

काठमाडौँ । एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ७ स्थित खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीबाट तथा पाँचखाल ४, समाजकल्याण चोक स्थित पाँचखाल शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलबाट भव्य समारोहका बिच समुद्घाटन सम्पन्न भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६६ शाखाकार्यालयहरु, २ सय ७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हाल सम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।