समाचार

प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सिन्धुली जिल्लास्थित नं. ९ बाहिनी अड्डा, रामेछाप जिल्लास्थित नन्दाबक्स गण र रणभीम गण अन्तरगत रहेको सुरक्षा बेश जिरीको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी, गण तथा सुरक्षा बेशको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

साथै, उनी आज दोलखा जिल्लास्थित रणभीम गणमा मुकाम रही भोली सोहि गणको निरीक्षण पश्चात काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको छ ।