आर्थिक

जगदम्बा कंक्रिटोको प्रिभ्यूको मिट सम्पन्न

काठमाडौँ । नेपालको जगदम्बा गु्रप्र र हार्डवेयरहरुको वृहत संजाल भएको राजेश हार्डवेयरको संयुक्त लगानीमा विरगंज स्थित जगदम्बा कंक्रिटो उद्योगले नेपालमा यूरोपियन प्रविधी (अर्थात जर्मनी र बेलायती ईन्जिनियरीङ्ग) प्रयोग गरी विविध प्रिकाष्ट वस्तुहरु उत्पादन गर्दै आइरहेको छ । यस उद्योगले Blocks, Bricks, Pavers, Kerbs, Flag Tiles, Drains लगायत थुप्रै उत्पादनहरु विक्रि वितरण गर्दै आइरहेको छ भने हालै मात्र उक्त वस्तुहरुको गुणस्तर, प्रयोग विधि तथा फाइदाको लागी नेपालका शहरी विकाश मन्त्री मोहमद इस्तियाक राइको प्रमुख आतिथ्यमा जगदम्बा कंक्रिटो प्रिभ्यू मिट सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा मन्त्र राईले यस किसिमका वस्तुहरुको प्रयोगले नेपाल वातावरण मैत्री हुनुका साथै विश्वस्तरीय संरचना बन्ने हुँदा लगानीको कुल लागतमा पनि बचत हुने भएकोले सम्पूर्ण सरकारी प्रयोजनाहरुमा यस किसिमका वस्तुहरु प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा SCEAP Nepal का अध्यक्ष राजेश थापा, Contractors Association Nepal का अध्यक्ष रवि सिंहले पनि आफ्नो मन्तव्य राख्दै यस्ता खालका उत्पादनले संरचनालाई अधुनिक बनाउने र नेपालको Remitance बाहिर जान रोक्न समेत मद्दत गर्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा सरकारी निकाय जस्तै भवन विभाग, सडक विभाग, सहरी विकाश, मन्त्रलय नगरपालिका प्रविधिक, नेपालको विभिन्न निकायका Contractors, Architects, विल्डर्स, उद्योगपति लगाएतका निर्माण क्षेत्रसंग सम्बन्धित १५० जना भन्दा बढि व्यक्तिहरुको सहभागीताका साथ होटल अन्नपूर्णमा सम्पन्न भएको थियो ।

क्त कार्यक्रममा कम्पनीका तर्फबाट, कंम्पनीका निर्देशक सुशिल शर्माले यस्ता कार्यक्रमहरु भावी दिनहरुमा पनि गर्दै जाने र आम उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवाद्धारा लाभान्वीत गर्दै जाने प्रतिवद्धता ब्यक्त गरे ।