समाचार

पर्यटनमन्त्रीलाई आफ्नै गृहजिल्लामा कालो झण्डा, कालो झण्डा देखाउनेलाई हतकडी

काठमाडौँ । एक कार्यक्रमका लागि गृहजिल्ला कास्की पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीलाई विपक्षी दलका विद्यार्थी संगठनहरुले कालो झण्डा देखाएको छ ।

नयाँ शक्ति पार्टी नेपाल समर्थक विद्यार्थी संगठनका नेताहरुले मन्त्री अधिकारीलाई वाईडबडी विमान खरिदको जाँच गर्दै सत्य तथ्य छानविनको माग गर्दै कालो झण्डा देखाईएको हो ।

यसैबीच, मन्त्री अधिकारीलाई कालो झण्डा देखाउने नयाँ शक्ति पार्टी नेपालका विद्यार्थी नेता नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट पक्राउ परेका छन् ।

उनीहरुलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।