समाचार

निर्मला सबैको छोरी हुन्, उनको न्यायको लागि ज्यान दिन तयार छुः डा. भट्टराई

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमा बाबुलाई भेटेका छन् । डा. भट्टराई सोमबार त्रिवि शिक्षण अस्पताल पुगेर निर्मलाका आमा बाबुलाई भेटेका हुन् ।

निर्मलाका बुवा यज्ञराजको मानसिक अवस्था कमजोर भएपछि उनलाई राजधानी ल्याईएको र उनको उपचार चलिरहेको छ ।

नयाँ शक्ति पार्टीका एक समर्थकले अष्ट्रेलियाबाट पठाएको एक लाख रुपियाँ समेत भेटमा निर्मलाका बाबुलाई डा. भट्टराईले हस्तान्तरण गरेका छन् ।

निर्मलाको निर्मम हत्या भएको झण्डैँ ४ महिना बितिसक्दा समेत कुनै सुनुवाई हुन नसकेको भन्दैँ उनले आक्रोश पोखे । निर्मला सबैको छोरी भएको र उनलाई न्याय दिन आफू ज्यान दिन समेत तयार रहेको बताए ।