खेलकुद

पाचौ राष्ट्रिय ईकुष्ट्रीयन च्याम्पियन सिप हुदैँ

काठमाडौँ । आगामी मङ्सिर १५ गते काठमाडौँको टुँडिखेलमा पाचौ राष्ट्रिय ईकुष्ट्रीयन च्याम्पियन सिप हुने भएको छ। नेपाल ईकुष्ट्रीयन एसोसियसनको आयोजना तथा नेपाल खेलकुद परिषद र नेपालका भालरीको संयुक्त प्रयासमा सो कार्यक्रम हुन्लागेको नेपाल ईकुष्ट्रीयन एसोसियसनका अध्यक्ष र विराज कर्णिकारले जानकारी गराएका छन्।

यस प्रतियोगिताको मुख्य प्रायोजक वार्सटेइनर बीयर रहेको छ। यस प्रतियोगिता अन्तर्गत रहेका ५ वटा बिधामा प्रतियोगिता हुने आयोजकले जानकारी दिएका छन् ।

प्रतियोगितामा हर्सटेन्ट पेगिङ्ग, हर्सजम्प, हर्सहाईजम्प, ६क्रसबार जम्प(महिला र हर्स शो जम्प महिला गरि ५ विधामा प्रतियोगिता हुने आयोजक नेपाल ईकुष्ट्रीयन एसोसियसनका अध्यक्ष र विराज कर्णिकारले जानकारी दिएका छन्।