समाचार

सेनामा भर्ना हुन चाहनेका लागि खुसिको खबर, एकैपल्ट खुल्यो ३८ सयको लागि भर्ना

काठमाडौँ । नेपाली सेनाले एकै पटक झण्डैँ ३८ सयको लागि भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिक जवान, कशकर्तक लगायतका पदमा नेपाली सेनाले भर्ना माग गरिएको हो । भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आव्हान गरिएको छ ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार उपत्ययका पृतना हेडक्वार्टर नारायणहिटी, पूर्वी पृतना इटहरी, नम्बर २ बाहिनी धनकुटा, मध्यपूर्वी पृतना धनुषा, नम्बर २८ बाहिनी बारा, मध्यपृतना मकवानपुर, नम्बर ९ बाहिनी सिन्धुली, उपत्यका पृतना नारायणहिटी, पश्चिम पृतना पोखरा, नम्बर २३ बाहिनी बागलुङ, मध्यपश्चिम पृतना रुपन्देही, नम्बर ४ बाहिनी नेपालगञ्ज, नम्बर १९ बाहिनी दाङ, उत्तरपश्चिम पृतना सुर्खेत, नम्बर २४ बाहिनी जुम्ला, सुदूरपश्चिम पृतना दिपायल र नम्बर ५ बाहिनी कैलालीमा दरखास्त दिन सकिनेछ ।

मंसिर १० गतेदेखि २४ गतेसम्म तोकिएको दस्तुरमा र दोब्बर दस्तुरसहित पुस २ गतेसम्म दरखास्त दिन सकिने विभागले जनाएको छ ।

हेर्नुहोस् भर्नाको सूचनाः-