प्रदेश 1

जिपको ठक्करबाट पैदलयात्रुको मृत्यु

भद्रपुर ।  जिपको ठक्करबाट कमल गाउँपालिका–५, मंगलबारेमा एक जना पैदलयात्रुको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरादह नगरपालिका–५ का ३५ वर्षीय लुखिराम हेमरम (सतार)को रहेको प्रहरीले जनाएको छ। पाडाजुँङी–गौरीगञ्ज सडकखण्डअन्तर्गत मंगलबारेमा पाडाजुङीबाट गौरादहतर्फ जाँदै गरेको मे १ च ३१७९ नम्बरको जिपले हेमरमलाई आइतबार साँझ ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

बाटो काट्ने क्रममा जिपले ठक्कर दिएको थियो। जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको हो। यता जिपसहित चालकलाई अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरादहले नियन्त्रणमा लिएको जनाइएको छ।