प्रदेश 1

घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु, समयमै उद्धार भएन

झापा । गएराति आगलागी हुँदा झापामा एकै परिवारका चार जनाको ज्यान गएको छ । शिवसत्ताक्षी नगरपालिका ७ लालझोडा लक्ष्मण खनालको घरमा आगलागी हुँदा एउटै परिवारका चार जनाले ज्यान गुमाएका छन् । गएराति ९ बजे उनको घरमा एक्कासी आगलागी भएको हो ।

आगलागीमा परी ३६ बर्षीय लक्ष्मण खनाल, ३२ बर्षीया राधिका खनाल, ४ बर्षीया छोरी सुप्रिया खनाल ४ र ३ महिनाका टिकाराम खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागलागी भएलगतै स्थानीयले आगो नियन्त्रणमा लिन खोजेका थिए । स्थानीयले नियन्त्रणमा लिन सकेनन् । समयमा उद्धार हुन नसक्दा चार जनाको खनाल परिवारको मृत्यु भएको छ ।

उनीहरुको घरमा किन र कसरी आगलागी भयो त्यो भने एकिन हुन सकेको छैन । आगलागी हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।