प्रवास

विदेशमा बगाएको पसिनाको कमाईबाट गाउँमै २० कोठे पक्की विद्यालय भवन !

काठमाडौँ । वैदेशिक रोजगारका लागि विभिन्न मुलुक पुगेका व्यक्तीले म्याग्दीमा विद्यालय भवन निर्माण गर्न दुई करोड बढी आर्थिक सहयोग गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिका २ भकिम्लीबाट रोजगारीका लागि विभिन्न देशमा रहेका व्यक्तीले २० कोठे विद्यालयको पक्की भवन निर्माणका लागि सो रकम सहयोग गरेका हुन् ।

स्थानियको सक्रियता र प्रवासीको पहलमा जयन्ती माविको पक्की विद्यालय भवन निर्माण गरिएको हो । विद्यालय नयाँ भवन निर्माण भएपछि स्थानियबासीहरु हर्षित बनेका छन् ।

२०७२ सालमा गएको विनाशकारी महाभूकम्पका कारण सो विद्यालय भत्किएपछि पठनपाठनका लागि विद्यार्थी र शिक्षकले सास्ती व्यहोर्दै आएका थिए ।