राजनीति

पद खोसिएको भन्दै ठाकुर पक्षधर नेताहरु फायर, राजेन्द्र महतोले अब के गर्लान ?

काठमाडौँ । राष्ट्रिय जनता पार्टीमा विवादको आगो सल्कीएको छ । राजेन्द्र महतोलाई पार्टीको संयोजक बनाईए लगत्तै पार्टीमा विवादले उग्र रुप लिएको हो । मंसिर ४ गते बसेको राजपा मण्डलको बैठकले चक्रिय प्रणालीबाट अध्यक्षमण्डलको संयोजकमा महतोलाई नियुक्त गरेसँगै विवाद सुरु भएको थियो ।

महाधिवेसन नजिकिएसँगै महन्थ ठाकुरको पद खोसिएको भन्दै उनी पक्षधर नेताहरु चर्को विरोधमा उत्रेका छन् । विधान देखाउँदै संयोजक परिवर्तन गर्नुको पछाडि षड्यन्त्र रहेको ठाकुर पक्षका नेताहरुको तर्क रहेको छ । ठाकुरलाई पदबाट हटाएपछि उनी निकट नेताहरु एकजुट भएको राजपा निकट स्रोतले बतायो ।

अध्यक्षमण्डलका सदस्यहरुले चक्रीय प्रणालीमा नेतृत्व गर्ने विधान उल्लेख भएपनि करिब डेढ वर्ष जेष्ठताको आधारमा महन्थ ठाकुर नै संयोजक रहेका थिए ।