बाग्मती

छाडा चौपायाको व्यवस्थापन गर्न गौशाला बनाइने

काठमाडौँ । ललितपुरका किसानले थारा, बूढी गाई र बहरबाट दूध प्राप्त नहुने भएपछि त्यसको उचित व्यवस्थापनमा सहजीकरण गरिदिन कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनाललाई आग्रह गरेका छन् ।

नेपाल पाराभेटेनरी एण्ड लाइभस्टक एशोसिएसनको २९औँ स्थापना दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री खनाललाई आज सो आग्रह गरिएको हो । कार्यक्रममा मन्त्री खनालले किसानको गुनासो उचित भएको बताउँदै उक्त चौपायाबाट प्राङ्गारिक मल प्राप्त हुने भएकाले गौशालाको निर्माण गरी व्यवस्थापन गर्ने सोचाइमा सरकार रहेको बताए । उनले राष्ट्रको प्राथमिकतामा कृषि र पशुपालन प्रमुख आधार रहेको जानकारी दिए ।नेपालको संविधानले गाईलाई मासुका रुपमा प्रयोग गर्न निषेध गरेको छ । गौशाला निर्माण गर्नु नै उचित व्यवस्थापनको विकल्प रहेको बताइन्छ ।