आर्थिक

सिद्धार्थ बैंकलाई ऋणपत्र बिक्रीको स्वीकृति

काठमाडौँ । पछिल्ला दिनमा ऋणपत्रको बिक्री वितरणलाई प्रमुख प्राथमिकतामा राख्दै आएका बैंकहरुको भीडमा सिद्धार्थ बैंक पनि थपिएको छ । नेपाल धितोपत्र बोर्डले उक्त बैंकलाई रु २ अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्न स्वीकृति दिएको छ । बैंकले १० दशमलव ५ प्रतिशत व्याजदरमा सात वर्षका लागि ‘एसबिएल डिवेन्चर २०८२’ बिक्री गर्ने अनुमति पाएको हो । बैंकले ऋणपत्र बिक्रीका लागि बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । बैंकले प्रति ऋणपत्र रु एक हजारको दरमा बिक्री गर्न लागेको हो । बैंकले चार लाख ४ लाख ५० हजार एकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ । यस्तै कूल १८ लाख एकाइ निजी क्षेत्रलाई बिक्री गर्ने तयारी गरिएको छ ।

बैंकले बिक्री गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले वित्तीय अवस्था सकारात्मक रहेको भन्दै ‘इक्रा एनपि ट्रिपल बि प्लस’ दिएको छ । त्यो भनेको बैंकको ऋणपत्रको अवस्था मध्यम खालको हो भन्ने हो । बोर्डले चालु आर्थिक वर्षमा मात्रै एनआइसी एशिया बैंकलाई रु एक अर्ब ८३ करोड र सानिमा बैंकलाई रु दुई अर्बको ऋणपत्र बिक्रीका लागि स्वीकृति दिइसकेको छ ।