समाचार

राष्ट्रपतिलाई जिग्रीको खुलापत्रः सिटामोल नपाएर जनता मर्ने देशमा हजुरलाई १८ करोडको गाडी किन ?

काठमाडौँ । नेपालमा सर्वाधिक हेरिने टेलिश्रृंखला भद्रगोलका प्रमुख मध्येका एक कलाकार कुमार कट्टेल उर्फ जिग्रीले राष्ट्रपति विद्योदेवी भण्डारीलाई खुलापत्र लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति १८ करोडमा किन्न लागेको कारको बिषयमा जिग्रीले खुल्ला पत्र लेखेका छन् । सिटामोल नपाएर नागरिकहरुले ज्यान गुमाईरहदा राष्ट्रपतिलाई कसरी १८ करोडको गाडी चढ्न मन लागेको होला ? भनेर उनले खुलापत्रमार्फत राष्ट्रपति भण्डारीलार्ई प्रश्न गरेका छन् ।

सम्मानानीय महामहिम राष्ट्रपतिज्यु,
म नेपाल र नेपालीलाई माया गर्ने एक नेपाली हु ।
आज १८ करोडको गाडी किन्ने विषयले हजुरको जताततै विरोध भैरहदा मलाई हजुरको लागी एउटा पत्र लेख्न मन लाग्यो ।
जुन देशका नागरिक हरु औषधी उपचारको अभावमा मरिरहेका छन, पोषणयुक्त खाना खान नपाएर हजारौ बालबालिका कुपोषणको शिकार भएका छन त्यो देशको राष्ट्रप्रमुखको हैसियतले हजुरलाई कसरी १८ करोडको गाडी चढ्न मन लागेको होला ? सोध्न चाहन्छु ।
समृद्द देशका राष्ट्रप्रमुखहरु पैदल हिडेर कार्यालय गएको, साईकल चडेर हिडेको त हजुरले पनि समाचारमा त सुन्नु नै भएको होला ।

राष्ट्रपतिज्यु,
आज नेपालकी छोरी शृङ्खला खतिवडा विश्व सुन्दरी प्रतियोगिताको मन्चमा नेपालको शान बढाउदै छिन, विश्वमा नेपाल चिनाउदै छिन ।
बलात्कार पछी निर्मम हत्या गरिएकी स्व निर्मला पन्त का बुवा यो देशमा न्यायको भिख माग्दा माग्दै मानसिक सन्तुलन गुमाउन पुगेका छन ।
हजुर यि दुई छोरिहरुको विषयबारे पक्कै पनि जानकार नै हुनु हुन्छ होला ?

हजुर त नेपालको राष्ट्रप्रमुख अनि सम्पुर्ण नेपाली नारिहरुको आमा समान हुनुहुन्छ ।

तपाईकी छोरी निर्मला पन्तको निर्मम हत्या गर्ने हत्यारा पक्रन र उसको परिवारलाई न्याय दिलाउन एउटी आमाको नाताले तपाई ले पहलकदमी लिनु पर्ने हैन र रु
दिनदिनै तपाईका छोरी हरु बलात्कार भैरहदा कुन खुशीयालिमा १८ करोडको गाडी चढ्न मन लागिरा छ राष्ट्रपतिज्यु ?

तपाईकी छोरी शृङ्खला खतिवडालाई विश्व सुन्दरिको ताज पहिराउन विश्वभरिका नेपाली हरु लागिरहदा तपाईको चै के गरिरहनु भएको छ राष्ट्रपतिज्यु ?

त्यसैले अहिले १८ करोडको गाडी चढ्नुको साटो स्व निर्मला पन्तको परिवारलाई न्याय दिलाउन र विश्वसुन्दरिमा शृङ्खला खतिवडालाई जिताउन तपाई लाग्नु भयो भने सबैभन्दा ठुलो जित तपाईको हुनेछ राष्ट्रपतिज्यु ।

बरु त्यो १८ करोडले स्व निर्मला पन्त र शृङ्खला खतिवडाको नाममा ९(९ वटा विधालय बनाईदिनु भयो भने पढ्न नपाएका तपाईका धेरै छोराछोरिले पढ्न पाउछन ।
त्यो खुशी तपाईले अरबौ रुपैयाँमा पनि किन्न सक्नुहुन्न राष्ट्रपतिज्यु ।

महान त त्यो हुन्छ जो आफ्नो लागी हैन अरुको लागी बाच्छ ।
तपाई सङ पनि यो अवसर छ खेर नफाल्नु होला ।
–उही नेपाल र नेपाली लाई माया गर्ने तपाईको छोरो कुमार कट्टेल ।