आर्थिक

आइएमई लाइफइन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्टबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र नेपालइन्भेष्टमेन्ट बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ६२ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन योजना लगायतका बीमा योजना ल्याएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।