अन्तर्राष्ट्रिय

इस्लामिक स्टेटका प्रवक्ता मारिए

जलालावाद, अफगानिस्तान । सुरक्षाफौजको कारबाहीमा अफगानिस्तानमा सक्रिय लडाकू समूह इस्लामिक स्टेट (आइएस) का एकजना प्रवक्ता मारिएका छन् । पूर्वी नान्गारहारमा आइएसका प्रवक्ता एवं प्रचार प्रमुख सराफात साफाकको मृत्यु भएको सरकारी सेनाको तर्फबाट आइतबार जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

अफगानिस्तानको डेह बाला जिल्लामा भएको सुरक्षा कारबाहीका क्रममा ती प्रवक्ताको मृत्यु भएको हो । प्रवक्ताको मृत्यु भएको बारेमा अरु थप विवरण नदिए पनि यस्ता सुरक्षा कारबाही भने देशभरी नै आक्रामकरुपमा जारी रहेको सेनाले जानकारी दिएको छ । आफ्ना प्रवक्ता मारिएको सेनाको दावीका बारेमा आइएस लडाकूका तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।