समाचार

पत्याउनुहुन्छ ? गन्हाउने मोजा बेचेर बार्षिक डेढ करोड आम्दानी !

काठमाडौँ । के तपाइँ अरुले प्रयोग गरेका गन्ध आउने मोजा लगाउन सक्नुहुन्छ ? सायद गाह्रो हुनुहुन्छ । तर तपाइँजस्तै सबै मान्छे कहाँ हुन्छन् र रु यो दुनियाँमा कोही मानिस आफुले प्रयोग गरिसकेका गन्हाउने मोजा बेचेरै करोडपति बनेका छन् ।

बेलायतमा एकजना महिला यस्ती छिन् जसले आफूले प्रयोग गरिसकेका मोजा तथा जुत्ता बिक्रि गरी वर्षमा डेढ करोड बराबरको रकम आम्दानी गर्दछिन् ।

३३ वर्षकी रक्सी स्काइजका खुट्टा निकै सुन्दर छन् भनेर एकजना साथीले प्रसंसा गरेपछि उनलाई आफ्ना खुट्टाबाटै चर्चित भएर मालामाल बन्ने सोँच आयो ।

त्यसपछि उनले आफ्ना इन्स्टाग्राम अकाउन्ट खोलिन् । अनि आफ्ना सुन्दर खुट्टाका तस्वीरहरु अपलोड गर्न थालिन् । उनी विस्तारै इन्स्टाग्राममा लोकप्रिय बन्दै गइन् र खुट्टाको तारिफ गर्नेहरुको संख्या बढ्दै गयो । साथै धेरै फ्यानले उनलाई आफुले लगाएका जुत्ता तथा मोजा दिनका लागि आग्रह गर्न थाले । कतिपयले त उनका जुत्ता मोजा पाएमा जतिपनि मूल्य तिर्न तयार रहेको बताए ।

लण्डनमा बस्ने रोक्सीले त्यसपछि सोसल मिडियाबाटै आफ्ना सुन्दर खुट्टामा प्रयोग गरिसकेका जुत्ता तथा मोजाहरु लिलाम गर्ने घोषणा गरिन् ।त्यसपछि उनले २० पाउण्डमा एकजोर मोजा र २ सय पाउण्डमा एकजोर जुत्ता बेच्न थालिन् । उनका फ्यानहरु उनले लगाएका जुत्तामोजा किन्न मरिहत्ते गर्दछन् र अनलाइन मार्फत अर्डर गर्दछन् ।

४ वर्षदेखि यसरी अनलाइन मार्फत आफुले लगाएका जुत्ता मोजा बेच्दै आएकी रोक्सीले अहिले महिनामा अधिकतम ८ हजार पाउण्ड सम्म कमाउँछिन् । –एजेन्सी