समाचार

प्रधानसेनापति र संयुक्त अरब ईमिरेट्सका राजदुत बीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित संयुक्त अरब ईमिरेट्स राजदुतावासका महामहिम राजदुत सायड ह्यामडन अल न्याकवीले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदुत सायड ह्यामडन अल न्याकवी बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।