राजनीति

महामन्त्री शंशाकको ठोकुवाः दुई महिनाभित्र नेविसंघको महाधिवेशन हुनै सक्तैन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोईरालाले दुई महिनाभित्र पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेसन हुन नसक्ने ठोकुवा गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दैँ महामन्त्री कोईरालाले दुई महिनाभित्र नेविसंघको महाधिवेशन असम्भव जस्तै भएको दाबी गरेका हुन् ।

विधान विपरित पार्टी नेतृत्वले विद्याथीहरुले वर्तमान पदाधिकारीको समय थप गरेको भन्दैँ आक्रोश पोखेका र त्यसलाई साम्य पार्न विधान विपरित थपिएको समयसिमाभित्र महाधिवेसन हुनै नसक्ने उनको भनाई छ ।

नेपाल विदयार्थी संघको पहिलोपटक थप गरिएको कार्यकाल सकिएपछि अघिल्लो केन्द्रीय समितिको बैठकले २ महिनाको समय थप गरेको थियो।

पार्टीको भातृ संगठन नेविसंघको विधानअनुसार दुई बर्षभित्र महाधिवेसन गराईसक्नुपर्ने प्रावधान रहेको छ ।