समाचार

फेसबुकले बन्द गर्यो डेढ अर्ब फेक एकाउन्ट, अबको निशानामा भारत !

काठमाडौँ । लोकप्रिय सामाजिक सञ्जालले फेक खाताहरुको स्वीफ क्लीन अभियान थालेको छ । अभियानको प्रारम्भिक तथ्याङ्कका अनुसार फेसबुकले डेढ अर्ब फर्जी अर्थात फेक खाता बन्द गरेको हो । दैनिक लाखौँको संख्यामा फेक एकाउन्ट खोल्ने क्रम बढेको बन्दैँ फेसबुकले यो अभियान चलाएको जनाएको छ ।

चुनावका समयमा बेलायत, फ्रान्स लगायत देशमा धेरै फेक एकाउन्ट बन्ने गरेका छन् । पछिल्लो समय भारतको आसन्न चुनावलाई लक्षित गरेर फेसबुकले भारतलाई निशाना बनाएको छ । फेसबुकले सार्वजनिक गरेको रिपोर्टका अनुसार दुनियाभर फेक एकाउन्टका सञ्जालले काम गरिरहेका छन् ।

फेसबुकले विभिन्न किसिमका आपत्तीजनक १८ प्रकारका कन्टेन्ट हटाउन बिशेष विशेषज्ञ टोलिका साथ रणनीति पार्दैछ । –एजेन्सीको सहयोगमा