समाचार

कैलालीमा जीप दुर्घटना हुदा एकको मृत्यु, तीन घाइते

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुरमा बस र स्कार्पियो जिप एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्।

शनिवार साझ ७ बजे तिर महेन्द्रनगरबाट वीरगंज गइरहेको ना ५ ख ७८७९ नम्बरको बस र पूर्वबाट पश्चिमतिर आइरहेको से १ प ५७५ नम्बरको जीप एक आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा परी धनगढी उपमहानगरपालिका ७ की ४५ वर्षीया जानकी रानाको मृत्यु भएकोृ छ भने, सोही ठाँउका २५ वर्षीय हरद्वावी राना, भारत लखिनपुरका ६० वर्षिया मोली राना र सोही ठाउँका ५२ वर्षीय चमरु राना घाइते भएका छन्।

घाइतेमध्ये हरद्वावीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। दुर्घटनामा घाइते सबैको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक भरत गिरीले बताए।