समाचार

सरकारले राष्ट्रिय हितमा प्रभावकारी ढङ्गले काम गर्न सुझाव

काठमाडौँ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले परिवर्तित सन्दर्भमा जनचाहनाअनुरुप सरकारले राष्ट्रिय हितमा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने खाँचो औंल्याएका छन् । पार्टी पुनःगठनको पाँचौ वर्षगाँठको सन्दर्भमा भृकुटिमण्डपमा आज आयोजित जनसभामा बोल्दै उनले दुई तिहाई जनादेश पाएको सरकारले जनआकांक्षाअनुरुप काम गर्न नसकेपनि अवसर र चुनौतिको सम्भावनालाई समयमै बुझेर अघि बढ्न सुझाए ।

मुलुकमा व्याप्त महङ्गी र भ्रष्ट्राचार नियन्त्रण गर्न नसकेको र शान्ति सुरक्षा कायम गर्न सरकारको पहल सार्थक नभएको भन्दै प्रवक्ता विश्वकर्माले जनताको परिवर्तनको पक्षमा लड्ने आफ्नो शक्तिले सङ्गठन विस्तार तथा विभिन्न सुधारका कार्यक्रम अघि बढाएको उल्लेख गरे । समाजका विकृति विसङगतिलाई चिर्दै विद्यमान असमानताको खाडल अन्त्य गरी जनपक्षीय शासन कायम गर्न आफ्नो पार्टी लागि परेको बताए । सोही पार्टीका पोलिटब्यूरो सदस्य पदम राईले परिवर्तनको पक्षमा पार्टीले नयाँ ढङगका कार्यक्रम ल्याउने उल्लेख गरे ।

कार्यक्रममा नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीलगायतका नेताहरुले बोलेका थिए । यसअघि राजधानीका विभिन्न स्थानमा झाँकीसहितको ¥याली निकालिएको थियो । केन्द्रीय नेताहरुको नेतृत्वको उक्त ¥याली प्रदर्शनीमार्गस्थित जनसभामा परिणत भएको थियो ।