प्रदेश 1

‘समुन्नत झापाका लागि संगठीत झापाली’ भन्दै चक्र बास्तोलाको ४५ औं स्मृतिसभा मनाईदै

काठमाण्डौ । नेपाली काँग्रेसका नेता एबं पुर्ब परराष्ट्र मन्त्री चक्रप्रसाद बास्तोलाको ४५ औं पुण्य तिथीमा नेपाली काँग्रेस झापा काठमाण्डौ सम्पर्क समितिले स्मृति सभाको आयोजना गर्दैछ । ‘समुन्नत झापाका लागि संगठीत झापाली‘ नाम दिईएको उक्त स्मृति सभा २०७५ साल मंसिर ११ गते काठमाण्डौको बत्तिसपुतलीस्थीत अनुपम फुडल्याण्ड हुने आयोजकले जनाएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसाँक कोईराला, पुर्बमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौला, नेतृ सूजाता कोईराला, युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा लगायत काँग्रेसका उपल्लो स्तरका नेताहरु समेत उपस्थित हुने उक्त स्मृतिसभामा उपस्थित हुन काँग्रेस कार्यकर्ता तथा शुभ-चिन्तकहरुलाई आग्रह गरिएको झापा काठमाण्डौ सम्पर्कसमिति सदस्य यशोदा कार्कीले सुर्यखबरलाई बताईन् ।
नेपाली काँग्रेसका हुनाहार नेता चक्र प्रसाद बास्तोलाको ४१ दिन अघिमात्र ललितपुरस्थीत आफ्नै निवासमा निधन भएको थियो ।