राजनीति

ओली सरकार निर्मलाको बलात्कारी/हत्यारा खोज्नुको सट्टा क्रिश्चियन धर्म प्रचारमा भेटियोः काँग्रेस

काठमाण्डौ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले ओली सरकार निर्मला पन्तको घाउमा कंचनपुरमा भेटिनुपर्ने भएपनि एनजिओको कार्यक्रममा भेटिएको बताएका छन् । काठमाण्डौको पुरानोबानेश्वरमा पत्रकार सम्मेलन गर्दै पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले सरकार एनजिओको कार्यक्रममा सह आयोजक बनेर देशकै बेईज्जत गर्न लागेको आरोप लगाएका छन् ।

‘द एसिया प्यासिफिक समिट २०१८ द एशिया प्यासिफिक समिट २०१८ का संस्थापक डा. सन म्योङ मुनकी श्रीमती डा. हाक जा हान मुनलाई जेससक्ी एकमात्र छोरीघोषणा गर्ने कार्यक्रमको मुख्य सहयोद्धा सरकार हुन लागेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकमा धर्मनिरपेक्षता लागू भईसकेको नबिर्सन सुझाब दिएका छन् ।

प्रधानमन्त्रीका सल्लाहकार र संसद सचिवालयका महासचिबलाई आफूले काँग्रेसकोतर्फबाट ध्याननाकर्षण गराइसकेको बताउदै क्रिस्चियन धर्म प्रचार गर्ने कुरामा भन्दा निर्मला पन्तका बाबु आमाको अवस्थामा सरकार गम्भिर हुनुपर्ने सललाह नेता शर्माले दिएका छन् ।

 

आउदो मंसिर १४ देखी १७ सम्म धर्म प्रचारका लागि राजधानीमा उक्त संस्थाले कार्यक्रमको आयोजना गर्ने र त्यस कार्यक्रमको सह आयोजक ओली सरकार र सातै वटा प्रदेश रहने बताईएको छ ।

नेता शर्माले अपर्झट पत्रकार सम्मेलन गरी ओली सरकारको उक्त कुराकोबिरोध जनाएका हुन् ।