राजनीति

चाँडै सङ्घीय निजामती ऐन आउँछ: मन्त्री पण्डित

बनियानी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीय निजामती ऐन चाँडै आउने बताएका छन् । झापाको अर्जुनधारामा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले एक महिना अघिदेखि मन्त्रिपरिषद्मा निजामती ऐनका विषयमा भइरहेको छलफल सकिएपछि सार्वजनिक गर्ने बताए । उनले स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहका राष्ट्रसेवक कर्मचारीको सेवा–सुविधा पनि फरक बनाउने तयारीमा सरकार रहेको छ भने ।

मन्त्री पण्डितले प्रतिपक्षी दल काङ्ग्रेसले सरकार असफल भयो भन्नुमा कुनै तुक नरहेको उल्लेख गर्दै सरकारमा भएका बेला बिगारेको काम वर्तमान सरकारले सपार्दै गरेको दावी गरे । यसैबीच, मैथली समाज अर्जुनधाराले मन्त्री पण्डितलाई कदरपत्रसहित सम्मान गरेको छ ।