अन्तर्राष्ट्रिय

साउदी अरबका युवराज ट्युनिसिया जाने

ट्युनिस । साउदी अरबका युवराज मोहम्मद बिन सलमान बिन अब्दुलाजिजले ट्युनिसियाको भ्रमण गर्ने भएका छन् । यही नोभेम्बर २७ तारिखका दिन उनी ट्युनिसिया आउने कार्यक्रम तय भएको ट्युनिस अफ्रिक प्रेसले शुक्रबार जनाएको छ । ट्युनिसियाको राष्ट्रपतिका राजनीतिक परामर्शदाता नौरेडिन बीन टिचाले साउदी युवराजको भ्रमणको पुष्टी गरेका छन् ।

“विभिन्न अरब देशहरुको भ्रमण गर्ने शिलसिलामा उनी यहाँ आउन लाग्नु भएको हो, हामी उहाँलाई स्वागत गर्दछौं,” टिचाले भने ।