पत्रपत्रिका

अब निजी श्रमिकलाई पनि अाजीवन ‘पेन्सन’

काठमाडाैं । अब निजी क्षेत्रमा कार्यरत श्रमिकहरुले समेत अवकाशपछि जीवनभर निवृत्तिभरण पाउने भएका छन्। त्यसका लागि श्रमिकहरुले जागिर अवधिभर आफ्नो मासिक पारिश्रमिकबाट निश्चित रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ भने रोजगारदाता कम्पनीले निश्चित रकम कोषमा जम्मा गर्दै जानु पर्नेछ।

त्यसरी रकम जम्मा गरेका श्रमिकहरुले अवकाशपछि सामाजिक सुरक्षा कोषबाट मासिक रुपमा आजीवन पेन्सन पाउनेछन्। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषमा श्रमिकहरुलाई योगदानमा आधारित पेन्सन दिने प्रबन्ध गरेको खबर कान्तिपुरमा छ ।

योगदानकर्ता श्रमिकले अवकाशपछि पाउने गरी वृद्ध अवस्था सुरक्षा योजना अन्तरगत योगदानकर्ता जीवित रहेसम्म पेन्सन पाउने व्यवस्था गरिएको श्रम मन्त्रालयले जनाएको छ।