पत्रपत्रिका

नेकपा सचिवालय बैठक : जिम्मेवारी तोक्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजन र जिम्मेवारी तोक्ने निर्णय गरेको छ । गत जेठ ३ गते पार्टी एकता गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको नेकपाले अहिलेसम्म सदस्यहरुको कार्यविभाजन र जिम्मेवारी तोकेको थिएन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपरान्ह बसेको नेकपा सचिवालयको बैठकले शनिबार बस्ने अर्को बैठकबाट सदस्यहरुको कार्यविभाजनबारे निर्णय लिने प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताउनुभयो । केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने र पोलिटव्यूरो कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरेको श्रेष्ठले जानकारी दिनुभयो । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।