खेलकुद

२० ओभरको क्रिकेट विश्वकपको नाम फेरियो, कप्तानहरु उत्साहित

काठमाडौं। अन्तर्राष्ट्रिय क्रीकेट परिषद् (आर्इसीसी) ले २० ओभरको विश्वकपको नाम परिवर्तन गरेको छ।

शुक्रबार बसेको आर्इसीसीको बैठकले यसअघि आईसीसी वर्ल्ड टी-२० नाम रहेकोमा अब आर्इसीसी टी-२० विश्वकप भनेर नयाँ नाम राखिएको छ। सन २०१९ को सुरुवातमा यसको औपचारिक घोषणा गर्ने आईसीसीको तयारी छ।

 

विश्वकप खेल्ने राष्ट्रका कप्तानहरुले सन २०२० मा अष्ट्रेलियामा हुने आगामी टी-२० विश्वकप नयाँ नामका साथ खेल्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। दक्षिण अफ्रिकाको टी-२० टोलीका कप्तान फाफ डु प्लेसिसले भने सन २०२० को टी-२० विश्वकप आफ्नो करियरको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता रहेको संभावना व्यक्त गरेका छन्।