प्रदेश 2

कपिलवस्तुमा युवा नेताको गोली हानी हत्या

कपिलवस्तु । शुक्रबार राति आज्ञात समूहले शुद्धोधन गाउँपालिका वडा नम्बर–४, मोतीभारीका स्थानीय युवा नेता ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली हानी हत्या गरेको छ ।

अज्ञात समूहले हानेको गोली टाउकोमा लागि गम्भीर घाइते भएका उनको उपचारका लागि भैरहवा लैँजादै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । मृतक चौधरी गएको प्रदेशसभा चुनावमा कपिलवस्तु निर्वाचन नं.१ ख बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद २ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक रावलले बताए । उनिहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।