सामाजिक सञ्जाल

सुगत भन्छन्, ‘२४ अर्ब खर्च गरी वाईडबडी खरीद गरेकोमा हामीलाई सम्मान गर्नुपर्छ’

काठमाण्डौ । वाईडबढी बिमान खरीदका मुख्य ब्यक्त सुगतरत्न कंसाकार भन्छन् बिमानखरिद गर्न सजिलो बनाएकोमा सरकारले पुरस्कृत गर्नुपर्छ । २४ अर्ब रुपैयाँ खर्च गरी ११ वटा कम्पनीबीच प्रतिष्पर्धा गराएर बिमान खरीद गराएको दाबी गर्दै प्रतिपक्षी दल नेपाल काँग्रेस लगायतले अरबौं भ्रष्टाचार भएको भन्ने आरोपको उल्टो प्रतिबाद गरेका छन् । बिमान खरीदका समयमा नेपाल एयरलाईनका कार्यकारी रुपमा नै मुख्य ब्यक्ती रहेका उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन्,

वाइडबडीको स्वामित्व सम्बन्धमा आधिकारिक निकायबाट प्रमाणपत्र पाइसकेकै हो। ११ वटा विमान आपुर्तिकर्ताले टेण्डरमा प्रस्ताव गरेको मुल्यहरु मध्य सवभन्दा सस्तोमा किनेकै हो। राज्यले गरिरहेको विकास निर्माणको योजनाहरुमा विकास खर्च कम भयो भनि गुनासो भइरहेको स्थितिमा निगमले १८ महिनामा रु.२४ अर्व खर्च गरेर देखाई दिएकै हो। तसर्थ महाप्रवन्धक मुनिको टिम, जस्ले यो सम्भव गरि दियो, उनिहररुलाई राज्यले पुरस्कार दिनु पर्ने हो१!