राजनीति

ओली सरकारप्रतिको निर्बाचनका बेलाको जनताको विश्वास शुन्यमा झर्योः नेता सिटौला

इलाम । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली जनताको वर्तमान सरकारबाट धेरै अपेक्षा रहेको बताएका छन्।

उनले जनताले जिताएर पठाएका प्रतिनिधिबाट धेरै अपेक्षा गरे पनि बितेको एक वर्षमा उल्लेखनीय काम नभएको भन्दै पत्रकारसँग दुःख व्यक्त गरे ।

काङ्ग्रेसका पूर्वमहामन्त्री सिटौलाले सबै दलहरू मिलेर समस्या समाधान गरेकाले सबै एक भएर देश विकासमा लाग्न आग्रहसमेत गरे । “सरकारले काम गरोस् । त्यसका लागि सघाउन हामी तत्पर छौँ,” सिटौलाले थपे, “तर विपक्षी दलका नेताले समेत त्यसमा औँला ठड्याउन सक्नुपर्छ ।” नेता सिटौलाको आशय निर्बाचनका बेला जनताले बिश्वास गरेर मत दिएपनि पछिल्लो समयमा ओली सरकार र नेकपाप्रतिको बिश्वास शुन्यमा पुगेको भन्ने थियो ।

कार्यक्रममा १ नं प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रसिद्ध धार्मिकस्थल गजुरमुखीलाई प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए । प्रदेशसभा सदस्य धीरेन शर्माले माङसेबुङ जस्तो पवित्र धार्मिक स्थललाई पर्यटकीय क्षेत्रका रूपमा घोषणा गर्नसमेत पहल गरिने जानकारी दिए ।