समाचार

सामाजिक सुरक्षा योजना सञ्चालन हुदैँ, मंसिर ११ गते प्रधानमन्त्रीले औपचारिक उद्घाटन गर्ने

काठमाडौँ । सरकारको पूर्ण स्वामित्वमा रहेको सामाजिक सुरक्षा योजना (स्किम) सञ्चालन हुने भएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरि श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको हो ।

मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा औपचारिक रुपमा सुरु भएको घोषणा गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । रोजगारदाता र सूचिकरण सम्बन्धि सूचना राजपत्रमा प्रकाशित भईसकेको छ । सरकारको महत्वकांक्षी योजनाका रुपमा हेरिएको यो योजना मुलुकभर लागू हुने जनाईएको छ ।

यो योजना कार्यान्वयनमा आएपछि पहिलो चरणमा प्रतिष्ठान स्तरका श्रमिकहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट औष्धि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा असक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र बृद्धावस्ता सुरक्षा सुविधा प्राप्त गर्ने बताईएको छ ।

कोषबाट सञ्चालन हुने स्किममा समावेश औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको सुविधा प्राप्त गर्न ६ महिना योगदान गर्नुपर्ने र मातृत्व सुरक्षा योजनाका लागि १८ महिनाको अवधिमा १२ महिना योगदान गर्नुपर्ने पत्रकार सम्मेलनमार्फत जारी विज्ञप्तीमार्फत जानकारी दिईएको छ । त्यस्तै श्रमिकले दुर्घटना तथा असक्तता योजनाको सुविधा योगदान गरेको मितिबाट पाउने तर व्यावसायजन्य रोगको उपचार गर्न दुई बर्ष योगदान गरेको हुनुपर्ने बताईएको छ ।

यि सबै सुविधा पाउनका लागि श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनुपर्नेछ । रोजगारदाताले सूचिकरण भएको मितिले तीन महिनाभित्र योगदानकर्ता श्रमिकको सूचिकरण गरिसक्नु पर्ने पनि प्रवक्ता रेग्मिले बताए मन्त्रालयले श्रमिकको सूचिकरण अनलाईन प्रविधिबाट गर्ने व्यवस्था मिलाएको छ ।

काठमाडौ उपत्यका बाहिर प्रदेश ३ का रोजगारदाताले १५ मंसिर, प्रदेश नं. १ का रोजगारदाताले १५ पुष, गण्डकी प्रदेश र ५ नं. प्रदेशका रोजगारदाताले १ माघ, कर्णाली र सुदूरपश्चिम प्रदेशका रोजगारदातालाई १५ माघबाट सूचिकरणको व्यवस्था मिलाईएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका सहसचिव एवम प्रवक्ता डा. नारायण रेग्मिले जानकारी दिए ।

हेर्नुस् मन्त्रालयको प्रेस विज्ञप्तीः-