खेलकुद

१६ औं डब्लुकेआई कराते सुरु

काठमाडौँ । अन्तराष्ट्रिय वादो महासंघ तथा अल नेपाल वादो काई कराते संघको आयोजनाम तीन दिने १६ औं डब्लुकेआई अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०१८ शुक्रबार बाट सुरु भएको छ ।

लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने च्याम्पियनसिको पहिलो दिन प्रथम काता तथा कुमुते रेफ्रि सेमिनार सम्पन्न भयो । सेमिनारमा नेपालका २९, श्रीलङकाका ५, भारतका १७ र बंगलादेशका ५ निर्णायकहरुको सहभागिता रहेको थियो ।

उक्त सेमिनारमा सहभागी हुने निर्णायकहरुलाई अल ईन्डिया वादो फेडेरेशनका अध्यक्ष एवं चर्चित भारतीय अभिनेता सुमन तलवार एम.ले प्रमाण पत्र वितरण गरेका थिए ।

च्याम्पियनसिपको बेल्जियमका कन्सुलर आङकाजी शेर्पाले उद्घाटन गरे । अन्तराष्ट्रिय कराते महासंघका कार्यबाहक अध्यक्ष शम्भु तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ओलम्पियक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, डब्लुकेएफ जज एकेएफ जज अल ईन्डिया वादो कराते संघका अध्यक्ष राजेश अग्रवाल, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य मनबहादुर न्यौपाने, श्रीलङका कराते महासंघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक जयाश्री परेरा, नेपाल सोतोकान कराते डो संघ (एसकेडियुन) का अध्यक्ष तथा प्रमुख प्रशिक्षक घिर्जेमान तामाङ्ग र महासचिव बरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

च्याम्पियनसिप अन्तरगतको प्रतियोगिता शनिबार विहान ८ बजेबाट सुरु हुने आयोजकले जनाएका छन् । च्यामिपयनसिपमा नेपालका २००, भारतका ४८, बंगलादेशका १७ र श्रीलङकाका ९ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिप आईतबार सम्म संचालन हुने छ ।