सामाजिक सञ्जाल

आफ्नो फेसबुकबाट नराम्रो म्यासेज गएपछि बिनिताको यस्तो आयो प्रतिकृया

काठमाण्डौ । आजकाल भाईरस पसेर जथाभावी फेसबुकको म्यासेजबाट लिंक जाने खतराबढेको छ । सर्बसाधारणमा कतिपयलाई फोसबुक, ट्वीटर राम्ररी चलाउन आउदैन भने कतिपयलाई जानकारी भएपनि भाईरस पसेर हैरान हुने गर्छन् । कतिपय समयमा उक्त भिडियो वा भाइरस लिंक ओपन गरेमा फेसबुक अकाउण्ट नै बन्द हुने गरेका घटना पनि सामान्य नै भईसकेका छन् । बिभिन्न समयमा फेसबुक कम्पनीले कडा सुरक्षासहितका नियमहरु ल्याएपनि बिभिन्न समयमा बिभिन्न समस्याहरु आईरहेका छन् ।

यसैगरी बिनिता चापागाइलाई अनावश्यक रुपमा म्यासेज गएर दुःख भएको भन्दै फेसबुकमा यस्तो स्टाटस लेखेकी छन्, उक्त म्यासेजपछि उनको फेसबुक नै केहीदिन बन्द भयो ।

“हिजो साझ देखि मेरो फेसबुक म्यासेज बाट नराम्रो लिन्क गएको रहेछ र कस्ले ह्य्क गर्‍यो या कसरी यो सब भयो छानबिनमा छु जो जो लाई त्यो म्यसेज गयो गलत नलीगि मलाई छानबिनमा सहयोग गरिदिनु हुन अनुरोध गर्द्छु र त्यो लिन्क ओपन नगर्नु हुन आग्रह गर्दछु ।”

 

फेसबुकमा आएको म्यासेज
अस्थायी रुपमा ब्लक भएको फेसबुक आईडी