समाचार

महिलालाई आत्मरक्षा तालिम सुरु

काठमाडौँ । नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट अर्गनाइजेसनको आयोजनामा महिला हिंसा विरुद्ध महिलाको सहभागिता जनचेतनामुलक प्रशिक्षण तथा आत्मरक्षा तालिम शुक्रबारदेखि सुरु भएको छ ।

तालिमको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले एक कार्यक्रमबीच उद्घाटन गरे । ३ महिने तालिम उपत्यकालगायत विभिन्न जिल्लामा पनि सञ्चालन गरिने आयोजक अर्गनाइजेसनका अध्यक्ष डिबी नेपालीले जनाएका छन् । तालिममा करिब १ सय प्रशिक्षार्थीको सहभागिता थियो ।

सोही अवसरमा अर्गनाइजेसनकै आयोजनामा भएको साताव्यापी प्रशिक्षक प्रशिक्षण पुनर्ताजगी तालिमका सहभागीहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।