साहित्य

‘शिवलीला’ र ‘अग्रता काली’ सार्वजनिक

काठमाडौँ । गीतकार ई कुमार भट्टराईद्वारा रचित ‘शिवलीला’ र ‘अग्रता काली’ शीर्षकब दुई भजनसङ्ग्रह आज विमोचन गरिएको छ । लीला सोलुशन प्रालिद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सो सङ्ग्रहको विमोचन गर्दै धर्म, जाति वा भूगोलका आधारमा कसैले कसैलाई पनि विभेद गर्न नहुने बताए ।

‘अग्रता काली’मा ‘वेद नै अब विज्ञान सरी’ (स्वरः मिलन नेवार अमात्य), ‘नमो देव्यै’ (स्वरः मनोजराज शिवाकोटी) र ‘आकाशपारि ब्रह्माण्डमा’ (स्वरः मनोजराज शिवाकोटी) गीत समावेश गरिएको छ ।

त्यसैगरी ‘धर्म पनि हरायो’ (स्वरःतुलसी पराजुली), ‘देव अपूरा’ (स्वरः तुलसी पराजुली), ‘नमो स्तुते’ (स्वरः डा विदुर बस्ती र ईश्वर अमात्य) तथा शिवलीलामा ‘भन शिव तिमी नेपालमै’ (स्वरःप्रताप दास) ‘आकाशपारि ब्रह्माण्डमा’ (स्वरः मनोजराज शिवकोटी), ‘कहिले घाम कहिले पानी’ (स्वरः कर्माग्याल्छेन बम्जन), ‘लीला तिम्रै, कृपा तिम्रै’ (स्वरः कर्माग्याछेन बम्जन) र ‘पानी नि पिउदिँदन’ (मनिषा पोखरेल) लगायत गीत समावेश गरिएको छ । ई भट्टराईको विसं २०५१ मा ‘मेरो जीवन’ शीर्षक कविता तथा गीत समावेश गरिएको पुस्तक पहिलो पटक प्रकाशन भएको थियो ।