खेलकुद

आगामी बर्ष हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारीमा जुट्यो नेपाल

काठमाडौँ । नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता ९वल्र्ड रोबोट ओलम्पियाड० मा सहभागी हुन तयारी थालेको छ ।

नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ । आाधारभूत तालीममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै छनोट गरिने फाउण्डेशन नेपालका अध्यक्ष सर्जन विसिले बताउनुभयो । छनोट हुने उत्कृष्ट विद्यार्थी नेपालको तर्फबाट सो प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतियोगितामा विश्वभरका प्राथमिक विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थी सहभागी हुन सक्छन् । प्रतियोगीका बिचमा वैज्ञानिक ज्ञान, रोबोट निर्माण र प्रदर्शनीमार्फत विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । गतवर्ष पहिलो पटक भएको र तयारीका लागि कम समय भएकाले त्यो सच्चाएर प्रतियोगितामा सहभागी हुने फाउण्डेसनको लक्ष्य छ । उहाँले भन्नुभयो, “हामीले सकेसम्म राम्रो तयारकिा लागि अहिलेदेखि नै जुटेका छौं ।”नेपालले गतवर्ष नै ओलम्पियाडको सदस्यता पाएको थियो ।