पु.समाचार

जनताको जीउधनको सुरक्षा गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसले सुनसरीको दुहवी नगरपालिका–९ का फिदाहुसेन मियाँको हत्याको भत्र्सना गरेको छ ।

आज काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी निर्दोष व्यक्तिलाई दिनदाहाडै गोली हत्या गर्दा प्रहरी प्रशासनले तत्काल कुनै कारवाही गर्न नसक्नु र समयमै सूचना दिँदासमेत अपराधी पक्राउ गर्न नसक्नुले मुलुकमा दण्डहीनता बढेको जनाइएको छ ।

अपराधीलाई तत्काल पक्राउ गरी कारवाही गर्न र जनताको जीवधनको सुरक्षा गर्न काङ्ग्रेसले सरकारसँग मागसमेत गरेको छ । अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन र मृतक मियाँलाई शहीद घोषणा गर्न तथा आम नागरिकको शान्ति सुरक्षाको प्रत्याभूति गर्न काङ्ग्रेसले सकारको ध्यानाकर्षण गराएको छ ।

मियाँको यही मङ्सिर ५ गते बिहान सुनसरी दुहवी नगरपालिका–९ रानीगाउँ नजिकै अज्ञान समूहले गोली हानी हत्या गरेको थियो ।