विचित्र संसार

मिस कन्डोम ! अनौठो सौन्दर्य प्रतियोगिता

काठमाडौँ । संसारभर बिभिन्न खाले सौन्दर्य प्रतियोगिता हुने गर्दछ । अलग अलग जाति र स्थान विशेषका रुपमा पनि सौन्दर्य प्रतियोगिता हुने गर्दछ । नेपालमा पनि बिभिन्न जाति,वर्ग स्थान विशेष सौन्दर्य प्रतियोगिता हुन्छन् ।

अनौठो सौन्दर्य प्रतियोगिता एसियाली देश थाइल्यान्डमा हुने गर्दछ, जुन प्रतियोगितालाई ‘मिस कन्डोम’ प्रतियोगिता भने गरिन्छ । बिभिन्न खाले विवादका बीच हरेक वर्ष हुने उक्त प्रतियोगितामा चार देशका २० सुन्दरीले भाग लिने गर्दछन ।

प्रतियोगितामा सहभागी सुन्दरीहरुलाई बिभिन्न स्थानको भ्रमण गराउदै सुरक्षित यौन सम्पर्कको बारे जनचेतना जगाउने काम गरिन्छ । प्रतियोगितामा कन्डोमलाई बेलुन जस्तै गरि फुलाउने प्रतिस्पर्धा समेत गरिन्छ । साथै प्रतियोगीले निःशुल्क कन्डोम बढ्ने काम समेत गर्दछन्।

थाईल्याण्डमा बढ्दो असुरक्षित यौन सम्पर्कलाई रोक्न उक्त प्रतियोगिता गर्ने गरिन्छ ।‘ –एजेन्सी