राजनीति

केन्द्रीय सदस्यहरुमाथि कड्किए ओली, आफू र सरकारको हुर्मत लिने काम सुरु भएको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टीका केही नेताहरुविरुद्ध खनिएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले आफू र सरकारविरुद्ध पार्टीका केही नेताहरु लागि परेको भन्दै आक्रोस पोखेका हुन् ।

पार्टीका १८ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिको बैठक माग गर्दै विज्ञप्ती नै जारी गरेकोप्रति ओली रुष्ट बनेका छन् । उनले पार्टीभित्रै बाट सरकार र आफूलाई असहयोग हुन थालेको टिप्पणी गरेका छन् ।

केही केन्द्रीय सदस्यहरुले ज्ञापन पत्र बुझाएका रहेछ, यो कुरा मैले सबैभन्दा पहिले मिडियाबाट थाहा पाएँ’, ओलीले भने, ‘जसरी हुन्छ, मेरो हुर्मत लिने काम सुरु भएको छ ।’

१८ जना केन्द्रीय सदस्यहरुको ज्ञापनपत्रले आफू र सरकार मात्रै नभएर परिवर्तनबाट प्राप्त उपलब्धीको हुर्मत लिने काम भएको आरोप लगाए । पार्टीमा असन्तुृष्टी जनाउने केन्द्रीय सदस्यहरुको असन्तुष्टीको सम्बोधन गर्न आज पनि बैठक बस्दैँछ ।