मनोरञ्जन

आर आर क्याम्पसमा पीयन काम गर्नेका छोरा पवन गिरीलाई मत माग्नेहरुको भीड

काठमाण्डौ । नेपाल आईडलका पवन गिरीप्रति साहनुुभुति राख्दै भोट माग्नेहरुको भीड बढेको छ । नेपाल आईडलमा सातौं नम्बरको प्रतिष्पर्धामा रहेका गिरीप्रति साहनुभुति राख्दै उनलाई नेपाल आईडल भएको देख्न चाहनेहरु बिश्वभरका नेपालीहरुले फेसबुक लगायतका सामाजिक संजालमा स्टाटस लेखेर भोट हाल्न आग्रह गरिरहेका छन् ।
उनलाई मत माग्नेमा न्यूर्योक बस्ने पद्मा प्रधान भन्नुहुन्छ, ‘पवन रक गायक र प्रतिभाशाली भएकोले उनलाई तीन करोड नेपालीले मत हालेर जिताउनुपने पर्छ’, गिरी दोलखा घर भई काठमाण्डौ बस्ने सामान्य परिवारको भएकोले समेत मतदान गर्नुपर्ने उनको तर्क छ । बुबा आरआर क्याम्पसमा कार्यालय सहयोगी हुन्, हामीले सामान्य मान्छेलाई माथी पुर्याउन समेत सबैले बल गर्नुपर्ने प्रधानको जोड छ ।